संघीय संसद्को पहिलो अधिवेशन कार्की सरकारले आह्वान गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ । संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि कार्कीले आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।

सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ । ‘सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक आज बोलाइएको एक मन्त्रीले बताएका छन् ।

खासमा संसद्को अधिवेशन आह्वान नयाँ सरकारले गर्नुपर्ने हो तर चैत १६ गते अधिवेशन आह्वान गर्नुपर्ने दलहरूको अडान छ । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि निश्चित भएको छ । अधिवेशन आह्वान गर्दा ७ दिनको समय राखेर गर्नुपर्छ । त्यसैले यो सरकारले अधिवेशन आह्वान गर्नुपर्ने बाध्यता आइलागेको बताइएको छ ।

चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने जनाइएको छ । सरकारका तर्फबाट अनौपचारिक रूपमा चैत १६ गतेका लागि अधिवेशन आह्वान हुने भएकाले तयारी गर्न भन्दै सङ्घीय संसद् सचिवालयलाई जानकारी गराइएको सचिवालयका एक पदाधिकारीले जानकारी दिए ।

  • ६ चैत्र २०८२, शुक्रबार १२:३२ प्रकाशित