नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नयाँ प्रधानमन्त्रीको सपथ यही १३ चैतमा हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो । प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ ।

रास्वपा उपसभापति वाग्लेका अनुसार १३ चैतमा शाहले प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको हो । सांसदहरूको १२ चैतको दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय भएको छ । सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीमा शाहले १३ चैतमा शपथ लिने तय भएको हो ।

रास्वपाका शीर्ष नेताहरूको छलफलमा १३ चैतमा नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ ।

  • ५ चैत्र २०८२, बिहीबार २२:१८ प्रकाशित