काठमाडौं ।
दुई जना भ्लगरहरूमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन्।
केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई युवकहरूमाथि कुटपिट गरेका थिए।कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
त्यसपछि प्रहरीले खोजी सुरू गरेको थियो। त्यसै क्रममा बिहीबार उनी पक्राउ परेका हुन्।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














