खोटाङमा हेलिकप्टर दुर्घटना : विस्तृत विवरण आउन बाँकी

केन्द्रभाग मिडिया

खोटाङ ।

खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ ।

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिएकी छिन् ।

दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • ४ चैत्र २०८२, बुधबार १३:११ प्रकाशित