काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ ।
राष्ट्रपति कार्यालयले आयोगले भोलि (बिहीबार) अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने समय निर्वाचन आयोगले लिएको जानकारी दिएको छ ।
गत फागुन २१ गते मुलुकभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । आयोगले निर्वाचनसम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ । त्यो नतिजा समेटिएको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाउन समय लिएको राष्ट्रपपति कार्यालयले जानकारी दिएको छ ।













