रश्मि आचार्यको चुनावी खर्च २३ लाख बढी

केन्द्रभाग मिडिया

नेकपा एमालेका युवा नेता रश्मि आचार्यको चुनावी खर्च २३ लाख ५ सय भएको छ ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले २३ लाख ५ सय खर्च गरेको उल्लेख गरेका छन् ।आचार्यले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली तथा फोटोकपि खरिदका लागि ९५ हजार रुपैयाँ, सवारीसाधन भाडा खर्च तथा इन्धन खर्चसहित ३ लाख, छपाई तथा प्रचार प्रसारमा ५ लाख ५० हजार, गोष्ठी, कार्यकर्ता परिचालनमा १ लाख खर्च भएको विवरणमा उल्लेख छ ।

त्यस्तै एस एम एस, सामाजिक संजालमा २ लाख ६१ हजार,१२ वटा कार्यालय संचालनमा ३ लाख ३० हजार, मतदाता शिक्षा कार्यक्रमका लागि १ लाख २२ हजार खर्च भएको छ ।

आयोगमा बुझाएको विवरण अनुसार प्रतिनिधी परिचालनमा ५२ हजार ५ सय, प्रतिबद्धता पत्र, नमूना मतपत्र, भिडिटिङ कार्ड, ब्यानर र झण्डाका लागि ३ लाख ७० हजार भएको उल्लेख गरेका छन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका आचार्य कास्की क्षेत्र नं। २ बाट उमेद्वार बनेका थिए ।

रास्वपा उमेद्वार उत्तमप्रसाद पौडेलसँग पराजित भएका आचार्यले प्रचार प्रसारमा बढी खर्च गरेका छन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका थिए ।

  • ३ चैत्र २०८२, मंगलवार १५:१० प्रकाशित