काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गरेका छन्। ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा सहानुभूति प्रकट गरेका हुन्।
राष्ट्रपति पौडेलले मंगलबार गुन्डु पुगेर दिवङ्गत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले यस कठिन घडीमा शोकलाई शक्तिमा बदल्न र धैर्यधारण गर्न अध्यक्ष ओली र उनको परिवारलाई आग्रह समेत गरेका छन्।
मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।














