काठमाडौं ।
निर्वाचन आयोगले समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० (९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम सम्बन्धित राजनीतिक दलहरूबाट छनौट गरी पेस गरेको उम्मेदवाहरूको विवरण आयोगले सार्वजनिक गरेको हो ।
निर्वाचित भएका उम्मेदवारहरूलाई बिहीबार बिहान साढे ११ बजे आयोग परिसरबाट प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।
राजनीतिक दलहरूबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरूले सक्कल नागरिकताको प्रमाणपत्ररराष्ट्रिय परिचय पत्र र २ प्रति पासपोर्ट साइजको फोटो लिएर कार्यालय समयभित्र आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
समानुपातिक तर्फबाट निर्वाचित सांसदको नाम हेर्न यहाँ क्लिक गर्नुहोस्













