मिटरब्याज पीडकलाई कारबाही माग गर्दै काठमाडौंमा प्रदर्शन

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरूले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् ।

काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडकहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरूलाई हाल परिसरमा नियन्त्रणमा लिइएको छ ।

लाखौ रुपैयाँ ठगी गर्ने उनीहरूलाई कडा कारबाही गर्न आफूहरू सो परिसरमा प्रर्दशनका लागि आएको पीडित मञ्जु श्रेष्ठले बताइन् ।पीडकहरूले आफूहरूमाथि ठूलो अन्याय गरेकाले उनीहरूलाई सरकारले कडा कानूनी कारबाही गर्नुपर्ने माग उनको छ ।

त्यसैगरी उनीहरूले पीडकहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया शुरु गरिएको भन्दै नेपाल सरकार, अदालत र प्रहरीलाई पनि धन्यवाद दिएका छन् ।आफूहरूमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरूलाई कडा कारबाहीका लागि दबाब दिनुपरेको अर्की पीडित सुनिता चापागाईँ खतिवडाले बताइन् ।

उनले नेपालमा धेरैले ठगीको सामना गर्नुपरेकाले त्यस्ता अपराध कर्ममा लागेकाहरूलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै आक्रोश समेत व्यक्त गरिन् ।केही वर्षयता नेपालमा मिटरब्याज पीडितहरूले आफूहरूको न्यायको लागि सरकारलाई दोषी उपर कारबाही गर्न माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।

  • २ चैत्र २०८२, सोमबार १५:४४ प्रकाशित