काठमाडौं ।
भारतको ओडिशामा एक अस्पतालमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । कटकस्थित एससीबी मेडिकल कलेज एन्ड हस्पिटलमा आगलागी हुँदा १० जनाको ज्यान गएको हो ।
मुख्यमन्त्री मोहन चरण माझीले आगलागीबाट भएको क्षतिको पुष्टि गरेका छन् । ‘एससीबी मेडिकल कलेजबाट ट्रमा केयर सेन्टरमा सम्भवतः शर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने बताइएको छ । सो ट्रमामा रहेको आईसीयूमा २३ बिरामी भर्ना रहेको जनाइएको छ ।
मुख्यमन्त्री माझीले घटनाको न्यायिक जाँचको आदेश दिएका छन् । उनले घटनामा संलग्नलाई कडा कारबाही गरिने पनि बताएका छन् ।













