काठमाडौं ।
साताको कारोबारको एक दिन सेयर बजार परिसूचक (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ४.४५ अङ्कले बढेर २८२४.९० विन्दुमा पुगेर बन्द भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१५ प्रतिशतको वृद्धि हो ।
परिसूचकमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने निकै उत्साहजनक रहेको छ । आज कुल ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजार किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।













