काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेकी छन् । प्रधानमन्त्री कार्की श्रीमान्सँगै ओली निवास पुगेकी हुन् ।
ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । आजै ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन् ।














