काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज (शनिबार) बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । पार्टीका प्रवक्ता मनिष झाले आजका लागि बस्ने भनिएको बैठक भोलिका लागि सरेको जानकारी दिएका हुन् ।
उनका अनुसार, बैठक भोलि (आइतबार) बिहान १० बजे पार्टी कार्यालय, वनस्थलीमा बस्नेछ ।
बैठकमा समानुपातिक उमेदवार सिफारिस, वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको जनाइएको छ ।













