अमेरिकी डलर अहिलेसम्मकै महंगो, अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शनिबार) अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो भएको छ । कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ पनि आज बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका केही मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।

हिजो अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा थियो । त्यसैगरि आज युरो १ को खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा छ । हिजो युरो १ को खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ६५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ २९ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २५ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४५ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ३० फाल्गुन २०८२, शनिबार ०८:१६ प्रकाशित