काठमाडौं ।
भोलि शनिबारसम्म समानुपातिक सांसदको नाम छान्न दलहरुलाई निर्वाचन आयोगले पत्राचार गरेका छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ ११० सिटको बाँडफाँट गरेर निर्वाचित हुने उम्मेदवारको नाम छनोट गर्न दलहरूलाई हिजो ( बिहिबार) पत्र पठाएको हो । कानुनअनुसार ३ प्रतिशत ‘थ्रेस होल्ड’ पार गरेका ६ दलहरू रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले समानुपातिक सांसद पाएका हुन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएका छन् । ती दलहरूलाई तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगमा पेस गर्न पत्राचार गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ऐतिहासिक लोकप्रिय मत पाएर ५७ सिट पाएको छ । उसले सदर मतको ४७.८४ प्रतिशत मत पाएको छ । कुनै एक दलले पाएको उक्त मत प्रतिशत अहिलेसम्मकै सर्वाधिक हो । रास्वपाले ल्याएको कुल मत ५१ लाख ८३ हजार ४ सय ९३ हो ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मत खसेकामा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको छ । रास्वपापछि दोस्रोमा कांग्रेसले १७ लाख ५९ हजार १ सय ७२ अर्थात् कुल सदर मतको १६।२३ प्रतिशत मत ल्याएको छ । उसले २० सिट पाएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेस ३८ सिटसहित प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल बनेको छ ।
तेस्रो स्थानमा एमालेले १४ लाख ५५ हजार ८ सय ८५ ९१३.४३ प्रतिशत० मत ल्याएर समानुपातिकबाट १६ सिट पाएको छ । प्रत्यक्षमा ९ सिट जितेको एमालेको प्रतिनिधिसभामा २५ जनाको प्रतिनिधित्व हुने भएको छ ।













