रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

रुकुम पश्चिम ।

जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको ज्यान गएको छ ।वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको ज्यान गएको हो ।

काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको ज्यान गएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए । रासस

  • २९ फाल्गुन २०८२, शुक्रबार १३:०७ प्रकाशित