पोखरा ।
आज (शुक्रबार) अमेरिकी डलर, युरो, दिनारसहितका कतिपय विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहित केही मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा थियो।
त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा छ । हिजो युरो १ को खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ २९ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २५ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०२ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४५ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८१ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













