एमाले नेता कृष्ण थापाको हृदयघातका कारण निधन

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन भएको छ । पार्टीको निर्वाचन समिक्षा कार्यक्रममा सहभागी भएका बेला हृद्धयघातका कारण अचानक ढलेका उनको मणिपाल शिक्षण अस्तालमा उपचारको क्रममा निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

तत्कालिन पोखरा उपमहानगरका मेयर, गण्डकी प्रदेश सभाका पूर्वसदस्य समेत रहेका थापाको निधनमा नेकपा एमालेका नेता कार्यकर्ताले समाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् ।

एमाले कास्कीका अध्यक्ष अधिकारीका अनुसार जिल्ला पार्टी कार्यालयमा निर्वाचनको समिक्षा कार्यक्रम चलिरहेका बेला केन्द्रीय सदस्य थापा अचानक ढलेका थिए । कास्की एमालेका इन्चार्ज समेत रहेका थापाले आफ्नो मन्तव्य राखिसकेपछि कार्यक्रम समापन हुने क्रममा अचानक हृदयघातका कारण अस्वस्थ भएपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

‘उहाँ (कृष्ण थापा) को कार्यक्रम समापन हुने क्रममा अचानक आचनक ढल्नुभयो । अचेत अवस्थामा रहनुभएका उहाँलाई तत्कालै मणिपाल शिक्षण अस्पताल ल्याएका हौं । उहाँ हामीबीच रहनु भएन’ उनले भने ।

उनला

  • २८ फाल्गुन २०८२, बिहीबार १६:०० प्रकाशित