हृदयघातका कारण अस्वस्थ एमाले नेता कृष्ण थापाको उपचार हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको हाल मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार जिल्ला पार्टी कार्यालयमा निर्वाचनको समिक्षा कार्यक्रम चलिरहेका बेला केन्द्रीय सदस्य अचानक ढलेका थिए । कास्की एमालेका इन्चार्ज समेत रहेका थापाले आफ्नो मन्तव्य राखिसकेपछि कार्यक्रम समापन हुने क्रममा अचानक हृदयघातका कारण अस्वस्थ भएपछि मणिपाल शिक्षण अस्पताल लगिएको हो ।

‘उहाँ (कृष्ण थापाको अहिले सघन कक्षमा उपचार जारी छ । निर्वाचन समिक्षा कार्यक्रम समापन हुने क्रममा थियो । उहाँ अचानक विरामी हुनुभयो । अचेत अवस्थामा रहनुभएका उहाँलाई तत्कालै मणिपाल शिक्षण अस्पताल ल्याएका हौं’ उनले भने ।

 

 

  • २८ फाल्गुन २०८२, बिहीबार १५:४९ प्रकाशित