रास्वपाका उम्मेदवार शिशिर खनालको चुनावी खर्च १५ लाख

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं-६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

उनले फागुन २१ मा सम्पन्न निर्वाचनको क्रममा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन् ।विभिन्न १२ शिर्षकमा खर्च भएको विवरण पेस गरेका खनालले सबैभन्दा धेरै छापा प्रचार-प्रचार सामग्रीमा भएको उल्लेख गरेका छन् । यो शीर्षकमा उनले २ लाख ६ हजार ३६ रुपैयाँ खर्च भएको बताएका छन् ।

दोस्रो धेरै खर्च उनले यातायातमा भएको बताएका छन् । खनालले यातायात शीर्षकमा १ लाख ५५ हजार ४ सय रुपैयाँ खर्च भएको विवरण आयोगमा पेस गरेका हुन् ।

  • २८ फाल्गुन २०८२, बिहीबार १४:३४ प्रकाशित