इराकमा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण, एक भारतीयको ज्यान गयो

केन्द्रभाग मिडिया

file photo

एजेन्सी ।

इराकको बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण भएको छ ।इराकस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त आक्रमणमा एक जना भारतीय नागरिकको ज्यान गएको छ ।

यद्यपि, दूतावासले आक्रमण कसले गर्‍यो भनेर उल्लेख भने गरेको छैन ।‘११ मार्च २०२६ मा, मार्सल टापुहरूको झन्डा फहराउँदै अमेरिकी कच्चा तेल ट्यांकर ‘सेफसी विष्णु’ मा इराकको बसरा नजिकै आक्रमण गरिएको थियो,’ दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जहाजमा रहेका बाँकी १५ भारतीय चालक दलका सदस्यहरूलाई भन सुरक्षित स्थानमा लगिएको विज्ञप्तिमा छ ।बगदादस्थित भारतीय दूतावासले इराकी अधिकारीहरू र उद्धार गरिएका भारतीय नाविकहरूसँग निरन्तर सम्पर्कमा रहेको र सबै सम्भावित सहयोग प्रदान गरिएको बताएको छ।

दूतावासले मृतक चालक दलका सदस्यका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

  • २८ फाल्गुन २०८२, बिहीबार १४:१३ प्रकाशित