आज सेयर बजार ४६.७८ अंकले घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधवार नेप्से परिसूचक ४६.७८ अंक घटेर २ हजार ७९६.५७ विन्दुमा झरेको छ । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको पहिलो कारोबारका दिन उच्च अंकले बढेको मंगलवारदेखि घट्न सुरु गरेको छ ।

मगंलबार ३२.०८ अंकले घटेको नेप्से बुधवार ४६.८७ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंकले घटेको छ ।

बुधवार ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २१ अर्ब ५० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ ।

  • २७ फाल्गुन २०८२, बुधबार १५:४१ प्रकाशित