पोखरा महानगरले १ चैतदेखि अस्थायी फोहोर विसर्जन केन्द्र सञ्चालनमा ल्याउने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले आगामी १ चैतदेखि फोहोर सङ्कलनका लागि अस्थायी विसर्जन केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

त्यतिन्जेलसम्म सरसफाइ व्यवस्थापनलाई व्यवस्थित बनाउन सबै नगरवासीको धैर्यता, सहयोग र सहकार्यको अपेक्षा राखिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरा महानगरका प्रमुख आचार्यले अस्थायी विसर्जन केन्द्र सञ्चालनको तयारी भइरहेको भन्दै शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन सबै नगरवासीसँग अनुरोध गरेका छन् ।

हाल पोखरा महानगरपालिकाले विभिन्न ठाउँमा खाल्डो खनेर अस्थायी ढंगले फोहोर व्यवस्थापन गर्दै आइरहेको छ ।

पोखरा महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाएकोले सो प्रशोधन केन्द्र निर्माण नहुँदासम्म अस्थायी रुपमा फोहोर विसर्जन केन्द्र सञ्चालन गर्न लागिएको हो ।

 

  • २७ फाल्गुन २०८२, बुधबार १३:०० प्रकाशित