कांग्रेसले आज नवनिर्वाचित सांसदहरूसँग छलफल गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलले आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबिच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भूमिका र आगामी दिनमा गर्नुपर्ने सामूहिक प्रयासबारे छलफल गर्ने बताइएको छ ।

दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा हुने कार्यक्रममा बहालवाला सदस्यहरूले आफ्ना अनुभव साटासाट गर्ने र नवनिर्वाचित सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सहयोग गर्ने बताइएको छ ।

  • २७ फाल्गुन २०८२, बुधबार १०:५७ प्रकाशित