बालेन र रविलाई भुटानका प्रधानमन्त्रीको बधाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको आम निर्वाचनमा बालेन शाह र रवि लामिछानेले प्राप्त गरेको जितका लागि बधाई दिएका छन्।

निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा भुटानी प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई व्यक्तिगत रूपमा र नेपाली जनतालाई सफल निर्वाचनका लागि शुभकामना दिएका हुन्।

उनले नेपालमा सम्पन्न लोकतान्त्रिक प्रक्रियाको प्रशंसा गर्दै यसलाई ठुलो उपलब्धिको रूपमा चित्रण गरेका छन्। नेपाल र भुटानबिचको ऐतिहासिक र घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै उनले आगामी दिनमा दुई देशबिचको मित्रता अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।

  • २६ फाल्गुन २०८२, मंगलवार १३:४१ प्रकाशित