इलाम ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा निश्कल राई निर्वाचित भएका छन् । हालै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टी (माटो चुनाव चिन्ह) का विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रबाट नेकपा एमालेले ११ हजार ९६६ मत प्राप्त गरेको छ ।
यस निर्वाचनमा निकै चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विमल गदाल (घण्टी चुनाव चिन्ह) ले ९ हजार १६० मत प्राप्त गरे । पूर्वमा श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको लहरबिच कांग्रेसले आफ्नो पुरानो विरासत जोगाउन फर्काउन सफल भएको हो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको क्षेत्र मानिने यहाँ उनको दल नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गरे ।













