काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टीको दलको पत्रको आधारमा निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा रोकेको जनाएको छ ।
धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको आयोगले मत परिणाम पूरा भइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा पत्रका आधारमा मत परिणाम सार्वजनिक नगरेको हो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दलको लेटर हेडमा निर्वाचन आयोगलाई धनुषा क्षेत्र नम्बर १ को मत परिणाम सार्वजनिक गर्न रोकी पाउँ भनी निवेदन दिएको आधारमा रोकिएको बताए ।
दलको पत्रको आधारमा त्यसरी निर्वाचन आयोगले मत परिणाम रोक्न मिल्छ भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त भण्डारीले दलको तर्फबाट अदालतमा मुद्दा परेको जानकारी आएको र मत परिणाम तत्काल सार्वजनिक नगर्नु भनेकाले रोकिएको बताए ।













