श्रम संस्कृतिले समानुपातिकमा तीन लाख मत कटायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कटाएको छ ।८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । यो गणना भएको मतको करिब साढे तीन प्रतिशत हो ।

समानुपातिक तर्फ सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत भन्दा बढी मत ल्याउनु पर्दछ ।श्रम संस्कृतिलाई पछ्याइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९० हजार ७१ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ४२ लाख, नेपाली कांग्रेसको १४ लाख, नेकपा एमालेको १२ र नेपाली कम्युनिष्ट पार्टीको ६ लाख भन्दा बढी मत आइसकेको छ ।

प्रत्यक्षमा श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, आरेन राई र ध्रुवराज राई निर्वाचित भइसकेका छन् ।इलाम–१ मा श्रम संस्कृतिका उम्मेदवार दोस्रो स्थानमा छन् ।

  • २५ फाल्गुन २०८२, सोमबार १४:३३ प्रकाशित