हालसम्म समानुपातिकमा रास्वपाले १९ लाख मत कटायो : अरू दलले कति ल्याए ?

केन्द्रभाग मिडिया

काठमाडौं।

यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ ।

समानुपातिकतर्फ आइतबार  (फागुन २४) दिउँसो २ः ३० बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १९ लाख ३ हजार १६४ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ६ लाख ४८ हजार ५४९ मत ल्याएको छ । नेकपा एमालेले पाँच लाख ४४ हजार ८ सय ४३ मत ल्याएको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई लाख ५८ हजार ९ सय ४८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख ३९ हजार १ सय २२ मतसहित पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ८३ हजार १ सय २५ मत प्राप्त गरेको छ ।

राष्ट्रिय परिवर्तन पार्टीले ४२ हजार ४ सय ९० मतसहित सातौँ स्थानमा छ । आठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी, नेपालले ४१ हजार ४ सय ३९ मत ल्याएको छ । जनमत पार्टीले २० हजार ८ सय २८ मत ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टीले १७ हजार ८ सय २६ मत ल्याएको छ । त्यसपछि क्रमशः एकल चिह्न चकिया (जाँतो) १७ हजार ५ सय ७१, राष्ट्रिय जनमोर्चा १३ हजार २७६, राष्ट्र निर्माण दल नेपाल १२ हजार १८० नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ११ हजार ७९८, नेपाल जनता संरक्षण पार्टी ९ हजार २९८, प्रगतिशील लोकतान्त्रिक पार्टी ६ हजार ४३९ मंगोल नेसनल अर्गनाइजेसनको ६ हजार ३८७ मत ल्याएको छ ।

आयोगका अनुसार समानुपातिक तर्फ हालसम्म ३८ लाख ३४ हजार ४३४ मतगणना गरिएको छ ।

  • २४ फाल्गुन २०८२, आईतवार १५:१८ प्रकाशित