सर्लाही-४ मा कांग्रेस सभापति गगनलाई हराउँदै रास्वपाका अमरेश विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचित सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा निकतम प्रतिस्पर्धी सभापति थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके । काठमाडौं–४ बाट चुनाव जित्दै आएका थापा पहिलो पटक मधेश झरेका थिए । यसअघि स्वतन्त्ररुपमा त्यही क्षेत्रबाट चुनाव जितेका सिंहले थापालाई १२ हजार ८ सय ५७ मतले पराजित गरेका हुन् ।

एमाले उमेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् ।

  • २४ फाल्गुन २०८२, आईतवार ११:१५ प्रकाशित