प्रत्यक्ष तर्फ नतिजा आउन बाँकी २८ क्षेत्र मध्ये १८ क्षेत्रमा रास्वपा अगाडि

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत अब प्रत्यक्ष तर्फको मात्र २८ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्मको नतिजामा रास्वपाले १०६ सिट जितिसकेको छ । यसबाहेक कांग्रेसको १५, एमालेको ७, नेपाली कम्युनिस्ट पार्टीको ६, राप्रपाको १, श्रम संस्कृतिको १ र स्वतन्त्र एक जनाले चुनाव जितेका छन् ।

प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिक तर्फको मतगणना समेत जारी छ । समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाको आग्रता छ ।

  • २४ फाल्गुन २०८२, आईतवार १०:५८ प्रकाशित