अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश विदेशी मुद्राको भाउ स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।

आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा छ । त्यसैगरि आज युरो १ को खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा छ ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा छ । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८० रुपैयाँ ३७ पैसा छ ।

आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६८ पैसा छ । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • २४ फाल्गुन २०८२, आईतवार ०७:५३ प्रकाशित