जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।
जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले नेकपाका उमेदवार नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरेका हुन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दा भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे।

कांग्रेसका उमेदवार दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गर्दा एमालेका उमेदवार शान्तिलाल महत चार हजार ५१८ मतसहित चौथो स्थानमा रहे ।

रास्वपाकी उमेदवार विनीता कठायतले ४२१ मत मात्र प्राप्त गरिन् । सदरको १० प्रतिशत पनि मत ल्याउन नसकेपछि कडायतको जमानत जफत भएको छ । कठायत यसअघि रास्वपाको समानुपातिक सांसद थिइन् ।

  • २३ फाल्गुन २०८२, शनिबार १७:३१ प्रकाशित