अछाम १ मा भीम रावललाई हराउँदै कांग्रेसका भरत कुमार स्वार विजयी

केन्द्रभाग मिडिया

अछाम ।
अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरतकुमार स्वार विजयी भएका छन् । उनी नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित गर्दै विजयी भएका हुन् ।

स्वारले १० हजार ७५९ मत ल्याउँदा नेकपाका रावलले १० हजार २३३ मत प्राप्त गरे । तेस्रो स्थानमा नेकपा एमालेका दीपक बहादुर साउदले ७ हजार ३८९ मत ल्याए । रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत ल्याए ।

  • २३ फाल्गुन २०८२, शनिबार १६:३८ प्रकाशित