कास्की १ मा रास्वपाका पौडेल जित नजिक

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका खडकराज पौडेल ‘गनेस’ को जित सुनिश्चित भएको छ ।

पौडेल फराकिलो मतान्तर सहित जित उन्मुख भएका हुन् । कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा हालसम्म ५१ हजार ८४ मतगणना सम्पन्न हुँदा रास्वपाका पौडेल २७,६०२ मतसहित जित नजिक पुगेका छन् ।

उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ८ हजार ७ सय ३६ मतसहित पछाइरहेका छन् । भने नेकपा एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले ८ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका राजकाजी गुरुङले १ हजार ८ सय ६४ मत प्राप्त गरेका छन् ।

यहाँ हालसम्म २ हजार सत्तरी मत बदर भएको छ । कास्की १ मा अब पोखरा-२९, ३०, ३१ र ३२ को मतगणना बाँकी छ ।

  • २३ फाल्गुन २०८२, शनिबार ०८:३४ प्रकाशित