कास्की-२ मा रास्वपाका उत्तम पौडेल विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन् । उनी एमालेका रश्मि आचार्यलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

विजयी पौडेलले ३१ हजार ९११ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी आचार्यले सात हजार ४९३ मत प्राप्त गरे ।

यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका माधवप्रसाद बास्तोलाले छ हजार ५०० मत प्राप्त गरे ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले एक हजार ६४३ मत, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार २७६ मत, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले एक हजार २०१ मत प्राप्त गरेका छन् ।

यो निर्वाचन क्षेत्र विगतमा नेकपा एमालेले जित्दै आएको क्षेत्र हो ।

  • २३ फाल्गुन २०८२, शनिबार ०७:२८ प्रकाशित