काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।

उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए ।

यहाँ कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३८१६ मत ल्याए । त्यस्तै नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए ।

  • २२ फाल्गुन २०८२, शुक्रबार २२:०७ प्रकाशित