काठमाडौं-८ मा भारी मतान्तरले विराजभक्त श्रेष्ठ विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीलाई २१ हजारभन्दा बढीको विशाल मतान्तरले पछाडि पारेका हुन् ।

नेकपाका सायमीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरे । नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८ सय ३५ मतमै चित्त बुझाउनुपर्‍यो । नेकपा एमालेका राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टीका नबिन शाही दुवैले समान १ हजार ९ सय ९ मत प्राप्त गरे ।

उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत पाए । ठूला दलका यी कुनै पनि उम्मेदवारले आफ्नो धरौटी जोगाउन सकेनन् ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १८:५६ प्रकाशित