सर्लाही ४ मा मतान्तर घटाउँदै गगन थापा : सिंहभन्दा ४७१ मतले पछाडि

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ४७१ मतले पछाडि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् ।

सिंहले १ हजार २३९ मत ल्याउँदा थापाले ७६८ मत ल्याएका छन् ।जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले २५० मत ल्याएका छन् ।

एमाले उम्मेदवार अमनिश कुमार यादवले १९९, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा। रजनिश रायले १८, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामेश्वर राय यादवले २ मत ल्याएका छन् ।

अहिलेसम्म बलरा नगरपालिकाको वडा नम्बर ३,५,६,७,१०,११ वडाको मत गनिएको छ ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १५:४९ प्रकाशित