विराटनगर ।
नेपाली काँग्रेसका नेता डा।शेखर कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की रुविना आचार्यसँग ५ हजारभन्दा बढी मतले पछि परेका छन् ।
आचार्यले हालसम्म ६ हजार ६०१ मत प्राप्त गरेकी छन् । यस्तै डा।शेखर कोइरालाले भने १ हजार ४२७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका विनोदप्रसाद ढकालले १ हजार ३४४ मत पाउँदा श्रम संस्कृति पार्टीका मातृका पौडेलले १ हजार २९३ मत पाएका छन् ।
यस्तै, राप्रपाका सविन निरौलाको २८२ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का ओपेन्द्रकुमार रायले १८२ मत पाएका छन् ।














