बाजुरामा एउटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइएको छैन ।
हिमाली गाउँपालिका(१ कोट मतदान केन्द्रको मतपेटिका ढुवानी गर्न बाँकी रहेको बाजुराका निर्वाचन अधिकारी भीम शाहीले बताए । हिमाली गाउँपालिकाका अन्य विकट केन्द्रहरूको मतपेटिका बिहीबार र शुक्रबार बिहान ढुवानी गरिएको भए पनि एउटा बाँकी रहेको बताए । उनले २ बजेसम्म ढुवानी गरेर ३ बजेतिर सर्वदलीय बैठक बस्ने तयारी रहेको बताएका छन्।














