पर्वतमा रास्वपाका सागर भुषालको अग्रता

केन्द्रभाग मिडिया

 

पर्वतमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुषालले अग्रता लिएका छन् ।

फलेवास नगरपालिकाका ४ नम्बर वडा मुडिकुवा र ७ नम्बर वडा लिमिठानाको मतगणनाको नतिजा अनुसार भुषालले ७ सय १६ मतले अग्रता बनाएका हुन् । मुडिकुवाबाट भुषालले ४ सय ४५ र लिमिठानाबाट २ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले ४ सय २६, नेकपा एमालेका पदम गिरीले ४ सय ५३ र नेकपाका मनहरि तिमिल्सिनाले १ सय २० मत प्राप्त गरेका छन् ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १४:१९ प्रकाशित