रौतहटमा पनि रास्वपा अगाडि, माधव नेपाल चौथो स्थानमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्म ८० भन्दा बढी निर्वाचन क्षेत्रको मत गणना भइरहँदा २ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । काठमाडौँ– १ र मुस्ताङमा क्रमशः रास्वपा र कांग्रेसका उम्मेदवार निर्वाचित भैसकेका छन् । त्यसबाहेक अन्य निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

झापा ५, सर्लाही ४ लगायतका निर्वाचन क्षेत्रसहित धेरैजसो क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिइरहेका छन् । यसैक्रममा रौतहट निर्वाचन क्षेत्र नं. १ को मतगणनाको प्रारम्भिक मतगणनाको नतिजा आएको छ । यो क्षेत्रमा रास्वपाका राजेश कुमार चौधरीले अग्रता लिएका छन् । यहाँ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा छन् ।

रास्वपाका चौधरीले ७०६ मत ल्याउँदा जसपाका योगेन्द्र चौधरी ५६७ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका अजय गुप्ता २८८ मतसहित तेस्रो र चौथो स्थानमा नेकपाका माधवकुमार नेपालले २२० मतसहित चौथो स्थानमा छन् । नेपाल पूर्व प्रधानमन्त्री हुन् ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १४:०८ प्रकाशित