बब्लु गुप्ताले लिए सुरुवाती अग्रता

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिराहाको निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका बब्लु गुप्ताले सुरुवाती अग्रता लिएका छन् । बब्लुले ८५० मत ल्याउँदा काँग्रेसका राम सुन्दर चौधरीले १९६ मत ल्याएका हुन् ।

यस्तै एमालेका रामशंकर यादवले १२७ मत ल्याएका हुन् । अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा दिएर गुप्ता रास्वपाबाट चुनाव लडेका थिए ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १४:०४ प्रकाशित