बागलुङ–२ मा रास्वपाको सुरुवाती अग्रता

केन्द्रभाग मिडिया

बागलुङ ।

बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरुवाती अग्रता बनाएका छन् । उनले ४१६ मत पाएका छन् । नेपाली कांग्रेसका टेकराज पौडेलले २७७, एमालेकी मञ्जु चालिसे एमाले ४९ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १३६ मत पाएका छन् ।

यस क्षेत्रमा नेकपाका देवेन्द्र पौडेलले जित्दै आएका थिए । कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो । यो परिणाम गलकोट नगरपालिका–४ स्थित खरुवा मावि मतदान केन्द्रको हो ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १३:०३ प्रकाशित