जुम्ला ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत एक मात्रै निर्वाचन क्षेत्र रहेकोे जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायम गरेका छन् ।
राप्रपाका उम्मेदवार शाहीले ५४१ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले ४३५ मतले पछ्याइरहेका छन् ।
यसैगरी काङ्ग्रेसका दीपबहादुर शाहीले १५४ मत र नेकपा एमालेका शान्तिलाल महतले ७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनिता कठायतले ९ मत,नेमकिपाका उम्मेदवारले ३ मत र जम्मा खसेको मतमध्ये ३१ मत बदर भएको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए ।
अहिले यहाँको कनकासुन्दरी गाउँपालिको- १ र २ मा जम्मा १ हजार २४५ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा कुल मतदाता संख्यामध्ये प्रत्येक्षतर्फ करिब ४० हजार ८९७ अर्थात ५७ प्रतिशत मत खसेको छ ।














