काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्पाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन लडेको झापा क्षेत्र नम्बर ५ मा प्रारम्भिक मत परिणाम आउने क्रम जारी छ । मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बर बढी मतले अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १ सय ३९ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ र कांग्रेसकी मन्धरा चिमरियालाई ४२ मत प्राप्त भएको छ ।














