रुपन्देही ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मतदान गरेका छन् ।
उनले रोल्पाको परिवर्तन गाउँपालिका-३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्रबाट मतदान गरेको सचिवालयले जनाएको छ ।
उनले १८ वर्षपछि मतदान गरेका हुन् । यसअघि उनले २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका थिए ।













