काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मतदान गरेका छन् ।
उनले काठमाडौँ सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट केहीबेरअघि मतदान गरेका हुन् ।
मतदान लगत्तै उनी हवाइ मार्ग हुँदै झापा ५ जाने कार्यक्रम छ ।













