राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता गरेकी छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे दुईजनाबीच भेटवार्ता भएको हो ।

त्यसैगरी बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनबारे प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् ।

सरकारले बिहीबार देशभरका १६५ निर्वाचन क्षेत्रमा एकै चरणमा चुनाव गराउँदैछ । मौसमले पनि साथ दिने भएपछि सरकारले बिहीबार मतदान गरेर प्रत्यक्ष तर्फको नतिजा चाँडै ल्याउने जनाएको छ ।

  • २० फाल्गुन २०८२, बुधबार १९:३७ प्रकाशित